logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

त्रिदेशीय क्रिकेट : मलेसियामाथि नेपालको शानदार जित


अंकुरण खबर
741
Shares

ट्राई नेसन्स टी-ट्वान्टी सिरिजको तेस्रो खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको छ।

टस जितेर बलिङ रोजेको नेपालले मलेसियालाई १६.५ ओभरमा १०९ रनमै अल आउट गरेको थियो । नेपालका लागि करन केसीले ३ ओभरमा १७ रन दिँदै ३ विकेट लिएका थिए । त्यस्तै सन्दीप लामिछानेले २ विकेट निकाल्न सफल भएका थिए ।

मलेसियाका लागि ओपनिङ ब्याट्सम्यान सायद अजीजले सर्वाधिक २७ रनको पारी खेलेका थिए ।

जवाफमा ११० रनको विजय लक्ष्य लिएर ब्याटिङ गर्न आएको नेपालका लागि ओपनर द्वय कुशल भुर्तेल र आसिफ शेखले शानदार शुरुवात दिलाए । पहिलो खेलमा विस्फोटक ब्याटिङ गरेका भुर्तेलले आज पनि आक्रामक ब्याटिङ प्रदर्शन देखाउँदै २६ बल खेलेर अर्धशतक प्रहार गरे। उनको ६१ रनको पारीमा ३ चौका र ५ छक्का जडित छन्। त्यस्तै आसिफले २९ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४२ रन बनाएर पवीलियन फर्केका थिए ।

नेपालले १२.१ ओभरमा नै लक्ष्य पुरा गर्दै जित आफ्नो हातमा पार्न सफल भएको हो । यस जीत सँगै नेपालको फाइनलको यात्रा सरल देखिएको छ।

नेपालले अब आफ्नो तेस्रो खेल भोलि अपरान्ह १:१५ बजे त्रिभुवन बीस्वविद्यालय क्रिकेट मैदानमा नेदरल्याण्ड्स विरुद्ध खेल्ने छ। यस अघि नेपालले नेदरल्याण्ड्स विरुद्धको खेलमा ९ विकेटले नै जीत हासिल गरेको थियो।