logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
1.014K
Shares

बाँकेमा थप दुई कोरोना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको छ ।

कोहलपुर नगरपालिकाका दुई कोरोना संक्रमितको उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको हो ।

कोहलपुर २ बर्दहवाकी ३५ वर्षीया महिला र कोहलपुर २ कै ७७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

३५ वर्षीया महिलाको सोमबार दिउँसो ३ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारकै क्रममा मृत्यु भएको हो । स्वास्थ्य समस्या आएपछि सोमबार बिहान मात्र अस्पतालमा उपचारका लागि भर्ना भएकी उनको राति मात्र पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो ।

त्यस्तै स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि सोमबार बिहान नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल ल्याइएका ७७ वर्षिय पुरुषको कोरोना परीक्षणका लागि स्वाब दिएर घर लगिएको थियो। उनलाई कोरोना पोजिटिभ पुष्टि भएपछि उपचारका लागि अस्पताल ल्याउदै गर्दा मृत्यु भएको बताइएको छ ।

योसँगै बाँकेमा ६३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।