logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

प्रधानमन्त्रीले दिए नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई


अंकुरण खबर
741
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

प्रधानमन्त्रीले आज (आइतबार) बिहान ट्विट गर्दै  नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीच सम्पन्न त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएकामा बधाई दिएका हुन्।

शनिबार सम्पन्न नेपाल र नेदरल्यान्ड्सबीच भएको फाइनल प्रतियोगितामा नेपाल विजयी भएको थियो।

ट्विटमा भनिएको छ- ‘नेपालले नेदरल्यान्ड्सलाई १४२ रनको विशाल अन्तरले पराजित गरी ११ वर्षको इतिहास तोड्दै सानदार विजय हासिल गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टीमलाई हार्दिक बधाई’ ।