logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

सभापति देउवा लगायतका कांग्रेस नेताहरुको पीसीआर परीक्षण


अंकुरण खबर
715
Shares

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमिति बैठकअघि केन्द्रीय सदस्य र केन्द्रीय कार्यालयका कर्मचारीहरुको पीसीआर परीक्षण गरिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा लगायतका नेताहरुको पीसीआर परीक्षण गरिएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज नेताहरू र केन्द्रीय कार्यालयका कर्मचारीहरूसहित १२९ जनाको पीसीआर परीक्षण गरिएको कार्यालयका सचिव प्रेम केसीले बताए ।

कोभिड परीक्षणका लागि भन्दै कांग्रेसले आजका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक बैंशाख १५ गतेसम्म स्थगित गरेको थियो ।

यसअघि सभापति देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले नेताहरूको पीसीआर परीक्षणपछि मात्रै केन्द्रीय समितिको बैठक बस्‍ने निर्णय गरेको थियो ।