logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

कोरोना संक्रमणबाट सल्यानमा थप एक जनाको मृत्यु


अंकुरण खबर
845
Shares

सल्यानमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ।

जिल्लाको शिद्ध कुमाख गाउँपालिका–२ निवासी ४२ वर्षीय पुरुषको उपचारका क्रममा ज्यान गएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ।

केही दिनअघि सल्यान अस्पतालमा कोरोना पोजेटिभ देखिएका उनी होम आइशोलेसनमा बसेका थिए।

स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनका अनुसार, ‘श्वासप्रस्वासमा समस्या भएपछि राति करिब सवा ८ बजे अस्पतालमा ल्याएको थिए। हामीले अक्सिजन दिँदादिँदै उनको मृत्यु भयो।’

उनीसँगै सल्यानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ।