logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोखरामा दुई जना कोभिड संक्रमितको मृत्यु


अंकुरण खबर
910
Shares

गण्डकी प्रदेशमा थप दुई जना कोभिड संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय, गण्डकीले जारी गरेको विज्ञप्ति अनुसार कास्कीका २ संक्रमितको मृत्यु भएको हो ।

कास्की पोखरा महानगरपालिका १४ का ४३ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार बेलुका साढे ७ बजे मेडिप्लस अस्पतालमा मृत्यु भएको हो । ७ वैशाखमा कोभिड संक्रमण पुष्टि भएका उनमा श्वासप्रश्वासको समस्या थियो ।

यस्तै, पोखरा महानगरपालिका ७ का ८९ वर्षीय कोभिड संक्रमित महिलाको आज बिहान होम आइसोलेसनमा मृत्यु भएको हो । महिलामा ८ गते कोभिड संक्रमण पुष्टि भएको थियो ।

योसँगै गण्डकीमा कोभिड संक्रमितको संख्या २२१ पुगेको छ ।