जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यलाई निष्कासन गर्ने पार्टीको निर्णयविरुद्ध निर्वाचन आयोग पुगेका छन् ।
जसपाको कार्यकारिणी समितिको बैठक नै नबसी लुम्बिनी प्रदेशसभाका चार सांसद्लाई पदपुक्त गरिएको भन्दै ठाकुर आज निर्वाचन आयोग पुगेका हुन् । उनले प्रदेशसभा सचिवालयले जसपा सांसदलाई पदबाट निष्काशन गरेको भनी जारी गरेको सूचना अवैध र गैरकानुनी भएको बताएका छन्।
अध्यक्ष ठाकुरले २०७७ पुस ७ गतेपछि जसपाको कार्यकारिणी समितिको बैठक नै नबसेको र बैठक बोलाउन कुनै सूचना पनि जारी नगरिएको अवस्थामा प्रदेशसभा सदस्यलाई निष्काशन गर्ने निर्णय गैरकानुनी भएको भन्दै त्यसउपर कुनै कामकारबाही अगाडि नबढाउन आग्रह गरेका छन्।