logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

श्रमजीविको बलिदानबाट प्राप्त उपलब्धीमाथि सरकारबाटै प्रहार : प्रचण्ड


अंकुरण खबर
858
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रमजीविको बलिदानबाट प्राप्त उपलब्धीमाथि सरकारबाटै प्रहार भइरहेको आरोप लगाएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै अध्यक्ष दाहालले श्रमजीवि वर्गको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीमाथि अहिले सरकारबाट नै निरन्तर प्रहार भइरहेको बताएका हुन् ।

उनले श्रमिक वर्गको हक, हित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा आर्थिक विकास र समृद्धि सम्भव नहुने भन्दै राज्यको बहुआयामिक विकासका मुख्य आधार श्रमजीवि वर्ग भएको दाबी गरेका छन् ।

अध्यक्ष दाहालले कोरोना भाइरसको दोस्रो लहरको महामारीका कारण भएको निषेधाज्ञाले रोजगार गुमेका र दैनिक श्रम गरी जीविकोपार्जन गर्ने श्रमजीवि वर्ग गम्भीर समस्यामा परेको भन्दै उनीहरुका लागि उचित राहतसहित खाद्यान्न लगायत वैकल्पिक व्यवस्थापन गर्न सरकारसँग माग समेत गरेका छन् ।