पर्सामा कोरोना संक्रमित एक जना पुरूषको मृत्यु भएको छ।
गएराति उपचारको क्रममा वीरगंज महानगरपालिका-१६ का ६८ वर्षीय पुरूषको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए।
उनको मृत्यु आरआरडीएस, सीवियर न्यूमोनियाले भएको दासको भनाइ छ।
योसँगै पर्सामा आठ दिनको अवधिमा १८ जनाको मृत्यु भएको छ। दोस्रो लहरको कोरोना महामारीपछि पर्साका मात्र २२ जनाको मृत्यु भइसकेको नारायणी अस्पतालले जनाएको छ।
नारायणी अस्पतालको पीसीआर ल्याबका अनुसार पछिल्लो २४ घण्टामा १९२ नमुनामध्ये १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
जसमा पर्साका मात्रै १०९ जना छन्। प्रदेश २ मा सबभन्दा बढी पर्सामै कोरोना संक्रमित छन्। हालसम्म पर्सामा एक हजार ५९५ जना कोरोना संक्रमित पुगेका छन्।