सत्तारुढ एमालेले माधवकुमार नेपाल र झलनाथ खनाल समूहका थप तीन सांसदलाई स्पष्टीकरण सोधेको छ।
सांसदहरू गंगा चौधरी, कलिला खातुन र समिना हुसेनसँग स्पष्टीकरण सोधिएको हो । २७ वैशाखमा विश्वासको मत लिन लागेका प्रधानमन्त्री केपी ओलीको निर्देशनमा थप तीन सांसदसँग स्पष्टीकरण सोधिएकामा अर्थपूर्ण मानिएको छ।
उनीहरू फेसबुक म्यासेन्जरमार्फत स्पष्टीकरण सोधिएको हो। यसअघि नेपाल र खनालसहित २७ सांसदलाई स्पष्टीकरण सोधिएको थियो।
उनीहरूसँग नयाँ पार्टी खोल्न लागिएको र सांसदबाट किन कारवाही नगर्ने भन्ने आशयको स्पष्टीकरण सोधिएको छ। उनीहरूले आफूहरू पार्टीको नवौँ महाधिवेशनको भावना र मर्मअनुसार परिचालित रहेको स्पष्टीकरण दिएका छन्।