logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई १ लाख राहत दिने कर्णाली प्रदेशको घोषणा


अंकुरण खबर
871
Shares

कर्णाली प्रदेश सरकारले कोरोना संक्रमणबाट मृत्यु भएका परिवारका सदस्यलाई १ लाख राहत दिने घोषणा गरेको छ ।

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयसँग समन्वय गरी कोरोनाका कारण मृत्यु भएका मृतकका परिवारलाई १ लाख राहत प्रदान गर्ने निर्णय गरेको हो ।

आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाई कोभिड रोगका कारण मृत्यु भएका मानिसहरुको घर परिवारलाई प्रति मृतक १ लाखका दरले प्रदेश विपद् कोषबाट राहत उपलब्ध गराउने निर्णय गरिएको कर्णाली सरकारले जानकारी दिएको छ ।