logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरसबाट नेपालमा ७ पत्रकारको मृत्यु, ५५० संक्रमित


अंकुरण खबर
1.443K
Shares

कोरोना भाइरसको संक्रमणबाट नेपालमा ७ पत्रकारको मृत्यु भएको छ।

नेपाल पत्रकार महासंघले कोरोनाबाट ७ पत्रकारको निधन र ५ सय ५० जनालाई कोरोना संक्रमण भएको जनाएको छ।

संक्रमितमध्ये २० जनाको अस्पतालमा उपचार भइरहेको छ भने २ जना आईसीयूमा उपचाररत रहेको महासंघले जनाएको छ।

महासंघका महासिचव रोशन पुरीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणको दोस्रो लहर नेपालमा बढिरहेको जनाउँदै पत्रकारहरुको स्वास्थ्य सुरक्षाको विषय चुनौतीपूर्ण बनेको जनाएका छन् ।

यो संवेदनशील घडीमा कार्यस्थलमा खटिने पत्रकारहरु अझ बढी गम्भीर र सचेत हुन आग्रह गर्दै महासंघले पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय र मापदण्डहरु अवलम्बन गर्न सबै पत्रकारमा अपिल समेत गरेको छ।

कोरोना संक्रमण भई उपचारको आवश्यकता भएका पत्रकारहरुका लागि निःशुल्क उपचारको प्रबन्ध मिलाउनसमेत महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।