logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाबुराम भट्टराईको स्वास्थ्य सुधारोन्मुख, केही दिन अस्पतालमै रहने


अंकुरण खबर
1.911K
Shares

पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।

चिकित्सकको सल्लाहअनुसार केही दिनदेखि वीर अस्पतालमै स्वास्थ्य लाभ गरिरहेका छन् ।

भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार शल्यक्रियापछि अहिले उनको स्वास्थ्यमा राम्रो सुधार भएको छ । उनी अझै केही दिन चिकित्सकहरूको निगरानीमै अस्पतालमा रहने छन् ।

उनको गत शुक्रबार वीर अस्पतालमा पेटको न्युरो इन्डोक्राइनको ट्युमरको शल्यक्रिया भएको थियो ।