logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आइपिएल : चेन्नई र राजस्थानबीचको खेल स्थगित


अंकुरण खबर
676
Shares

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत बुधबार दिल्लीमा हुने तय भएको चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सबीचको खेल स्थगित भएको छ ।

चेन्नईका ३ स्टाफलाई सोमबार गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि  खेल स्थगित भएको हो ।

कोरोना संक्रमित हुने मध्ये बलिङ प्रशिक्षक एस बालाजी पनि थिए, त्यसैले आइपिएल नियमअनुसार चेन्नईको पूरै टिम कम्तीमा पनि ६ दिन क्वारेन्टाइमा बस्नु पर्ने हुन्छ ।

कोरोनाका कारण स्थगित भएको यो दोस्रो खेल हो । यसअघि कोलकाता नाइटराइडर्स र रोयल च्यालेन्जर्स बैंग्लोर बीचको खेल पनि स्थगित भएको थियो ।

कोलकाताका खेलाडीमा कोरोना देखिएपछि सोमबार तय भएको खेल सरेको थियो । अब यी खेलपछि खेलाइनेछ ।

७ खेलमा पाँच जित र २ हारको नतिजा निकालेको चेन्नई १० अंकका साथ लिगको दोस्रो स्थानमा छ । राजस्थान ७ खेलबाट ३ जित र ४ हारको नतिजा सहित ६ अंकका साथ पाँचौं स्थानमा छ । एजेन्सी