logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाबाट इन्जिनियरको मृत्यु


अंकुरण खबर
1.092K
Shares

डोटीमा कोरोना सङ्क्रमणका कारण आज एक कर्मचारीको मृत्यु भएको छ ।

सप्तरीको रुपकञ्चन नगरपालिका बस्ने ३० वर्षीय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । उनी रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलमा प्राविधिक इन्जिनियर पदमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

केही दिन पहिले कोरोना परीक्षण गर्दा उनको पिसिआर पोजेटिभ देखिएको थियो । उनलाई स्वास्थ्यमा थप समस्या भएपछि यही वैशाख २२ गते जिल्ला अस्पतालको आइसोलेशनमा राखेर उपचार भइरहेको जिल्ला अस्पतालका डा। प्रकाश ठकुल्लाले जानकारी दिए ।

उनीसहित कोरोना भाइरसको सङ्क्रमणबाट जिल्लामा मृत्यु हुनेको संख्या चार पुगेको छ भने अस्पतालको आइसोलेशनमा मृत्यु हुनेमा उनी दोस्रो व्यक्ति हो ।

शव नेपाली सेनाले आजै अन्त्येष्टि गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।