logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल पक्षीय सांसदहरूले राजीनामा नदिने


अंकुरण खबर
702
Shares

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय सांसदहरु संसदहरूले राजीनामा नदिने भएका छन ।

उनीहरू आजको बैठकमा अनुपस्थित हुने समेत भएका हुन् । उनीहरुले सामूहिक राजीनामा दिने भनिए पनि ओलीले विश्वासको मत लिन चाहेकाले त्यसलाई असफल बनाउन अनुपस्थित भए मात्रै पुग्ने भएकाले सो निर्णय गरेको नेता भीम रावलले जानकारी दिए ।

उनले भने, ओलीले संविधानको अपव्याख्या गरे, दलहरुले लोकतन्त्रको मुल्य मान्यताको रक्षाको लागि असंवैधानिक हिसावले प्रतिनिधिसभा विघटन गराउने भ्रष्टाचारलाई संरक्षण गर्ने विश्वासको मत लिन एक दिन बाँकी रहेका बेला परिषदको बैठक बोलाएर स्वेच्छारी ढंगले सिफारिस गर्ने लगायतका काम गरेकाले ओलीलाई विश्वासको मत नदिने निर्णय भएको हो । ओलीका कुनैपनि निर्णय र आदेश हामीलाई मन्य छैन । ओलीको ह्वीप बैद्य छैन । हामिलाई मन्य छैन ।’

नेता रावलले कतिजना सांसदहरु बैठकमा अनुपस्थित हुने हो भन्ने पत्रकारहरुको प्रश्नमा भने पछि थाहा हुने बताए ।

नेता नेपाल, खनाल पक्षमा यसअघि २४ सांसदले राजीनामा दिनभनि हस्ताक्षर गरेका थिए । तर आफ्नो पक्षमा ३० देखि ३५ सांसदहरु रहेको उनिहरुको दावी थियो ।

खनाल नेपाल पक्षीय सांसदहरुले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिएमा उनी अल्पमतमा पर्ने संभावना बढेको छ । संसदमा विश्वासको मत लिने प्रकृयत दिउसो १ बजेबाट सुरु हुदैछ ।