logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साना दलले सरकारलाई विश्वासको मत नदिने


अंकुरण खबर
1.001K
Shares

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रस्तावका पक्ष र विपक्षमा पनि नभइ तटस्थ रूपमा बस्ने बताएका छन् ।

सङ्घीय संसद्को प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतसम्बन्धी प्रस्तावका छलफलमा क्रममा उनले कुनै पनि प्रस्तावका पक्षमा मत नदिइ तटस्थ बस्ने जानकारी गराए ।

उनले प्रधानमन्त्री ओलीले आफ्नो कुरा सुनेर आफ्नो कार्यकर्ता कारागारमुक्त गरेकामा आभार प्रकट गर्दै राजनीतिक कारणले भएका आन्दोलनको कारण सजाय भोग्न नपर्ने वातावरणको सिर्जना गर्न आग्रह गरे ।

जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसकिने बताए । उनले देशमा मधेशी, जनजाति र आदिवासीका समस्या रहेको तर तीन वर्षमा समाधान गर्ने प्रयास नभएको आरोप लगाए ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले कोभिड –१९ का कारण देश आक्रान्त भएका अवस्थामा यसलाई नियन्त्रण गर्दै चुनावमा जानु नै सबैभन्दा उत्तम विकल्प भएको बताए ।

त्यस्तै राष्ट्रिय जनमोर्चा नेपालकी दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताए । रासस