logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा ९,२७१ जनामा कोरोना संक्रमण पुष्टि, १३९ को मृत्यु


अंकुरण खबर
832
Shares

पछिल्लो २४ घण्टामा मुलुकभर ९ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१८ हजार ४११ जनाको परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण देखिएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख नाघेको छ। कुल संख्या ४ लाख ३ हजार ७९४ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।

यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ७ जना संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ।

मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा १३९ जना संक्रमितको मृत्यु भएको छ। यो हालसम्मकै उच्च संख्या हो।