नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले आज दिउँसो ३ बजे आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन् । बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ ।
राष्ट्रपति कार्यालयले बहुमतको सरकार गठनका लागि आह्वान गरेको अवस्थामा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा बैठक केन्द्रित हुने नेताहरुले बताएका छन् ।
कांग्रेसले आफ्नो नेतृत्त्वमा सरकार गठनका लागि पहल गर्ने तयारी सुरु गरेको छ ।