logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देउवा र प्रचण्डबीच  बुढानीलकण्ठमा भेटवार्ता


अंकुरण खबर
858
Shares

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

देउवा र प्रचण्डबीच देउवानिवास बुढानिलकण्ठमा मंगलबार भेटवार्ता भएको हो ।

सोमबार प्रधानमन्त्री केपी ओली संसदबाट विश्वासको मत लिन असफल भएपछि संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका विषयमा दुई नेताबीच छलफल भएको हो ।

नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले ३ दिनको समय दिएकी छन् ।

सरकार गठनकै विषयमा छलफल गर्न सभापति देउवाले आजै अपरान्ह ३ बजे पार्टी पदाधिकारी बैठक बोलाएका छन् ।