logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बार्सिलोनालाई ला लिगा उपाधिको चुतौती थपियो : लेभान्टेसँग बराबरीमा रोकियो


अंकुरण खबर
858
Shares

स्पेनिस ला लिगामा बार्सिलोना लेभान्टेसँग बराबरीमा रोकिएको छ ।

गएराति भएको खेलमा बार्सिलोनाले २–० को अग्रता जोगाउन नसक्दा ला लिगामा लेभान्टेसँग ३–३ गोलको बराबरी खेलेको छ । यो बराबरीले सिजनको अन्त्यतिर लिगको उपाधि जित्ने बार्सिलोनाको लक्ष्य पुरा नहुने खतरा छ। योसंगै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लने मौका पनि गुमाएको छ ।

३६ खेल खेलको बार्सिलोनाको ७६ अंक छ । बार्सिलोनाभन्दा एक खेल कम खेलेको एट्लेटिको मड्रिडकव् ७७ अंक छ । एट्लेटिको मड्रिड अंक तालिकाको शीर्ष स्थानमा छ । ४० अंक जोडेको लेभान्टे अंकतालिकाको १३ औँ स्थानमा छ ।