logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकीमा नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनद्वारा दावी प्रस्तुत


अंकुरण खबर
715
Shares

गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनले दावी प्रस्तुत गरेको छ ।

प्रदेश प्रमुख पृथ्वीसुब्बा गुरूङले राजीनामा दिएपछि रिक्त रहेको मुख्यमन्त्रीको पदका लागि विपक्षी गठबन्धनले प्रदेश प्रमुखसमक्ष दावी पेश गरेको हो ।

नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पाटी (जसपा) र राष्ट्रिय जनमोर्चाले कांग्रेस दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई समर्थन गरेको पत्र प्रदेशप्रमुख सीता पौडेललाई बुझाएका छन् ।

दलगत रूपमा प्रदेश प्रमुखसमक्ष दाबी प्रस्तुत गरिए पनि जनमोर्चाका एक सांसदले आफू तटस्थ रहेको बताएका छन् ।