logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

मन्त्रिपरिषद् बैठक बस्दै


अंकुरण खबर
1.56K
Shares

मन्त्रिपरिषद्को नियमित बैठक साँझ ५ बजे बस्दै छ ।

बैठक नियमित भए पनि केही महत्त्वपूर्ण निर्णय हुन सक्ने एक मन्त्रीले जानकारी दिए ।

सरकारले कोरोना महामारीको रोकथाम, नियन्त्रण र उपचार भइरहेको प्रयास लगायत स्वास्थ्य सामग्री, औषधी, खोप लगायत खरिदमा देखिएको कानुनी समस्या समाधान गर्न अध्यादेश ल्याउने सम्भाना रहेको ती मन्त्रीले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि जनस्वास्थ्य विज्ञ र निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गरेका थिए। छलफलमा आएका सुझावलाई समेत ध्यानमा राखेर मन्त्रिपरिषद् बैठकले केही निर्णय गर्न सक्ने बुझिएको छ ।