logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाका कारण कपिलवस्तुमा थप ५ जना मृत्यु


अंकुरण खबर
2.379K
Shares

कपिलवस्तु जिल्लामा कोरोना संक्रमणका कारण सोमबार थप ५ जनाको मृत्यु भएको छ ।

कपिलवस्तु नगरपालिका–१ का ३ जना रहेका छन् । ६० वर्षीय पुरुष, ३५ वर्षीय पुरुष र ३८ वर्षीया महिलाको मृत्यु भएको छ । त्यस्तै बुद्धभूमि नगरपालिका–३ की २५ वर्षीया गर्भवती महिलाको मृत्युको भएको छ । यी चारै जनाको तौलीहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै, शिवराज नगरपालिका–३ का २७ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको शिवराज नगरपालिकाको आधारभूत अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले बताए ।

जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या १३० पुगेको छ भने सक्रिय संक्रमितको संख्या १,२४१ पुगेको छ ।