मकवानपुरको हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौंडा अस्पतालमा उपचाररत थप चारजना कोरोना संक्रमितको मृत्यु भएको छ।
अस्पतालको आइसियु कक्षमा उपचारका क्रममा एक महिला र तीन पुरुषको मृत्यु भएको हो ।
अस्पतालका कोभिड इन्चार्ज डा। सागर काफ्लेका अनुसार हेटौंडा उपमहानरपालिका–९ का ५२ वर्षीय पुरुष, हेटौंडा–३ का ४५ वर्षीय पुरुष र हेटौंडाका ७७ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको हो।
यस्तै, बारा जिल्लाकी ७५ वर्षीया महिलाको पनि उपचारकै क्रममा मृत्यु भएको हो । बाराकी महिला र हेटौंडाका एक पुरुषको सोमबार र बाँकी दुईजनाको मंगलबार बिहान मृत्यु भएको डा। काफ्लेले जानकारी दिए।
उनीहरु केही दिनअघि संक्रमण पुष्टि भई अस्पतालको आइसियुमा उपचाररत थिए।