logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोभिड संक्रमणले काठमाडौं प्रहरी परिसरमा कार्यरत डीएसपीको मृत्यु


अंकुरण खबर
676
Shares

कोभिड-१९ को संक्रमणका कारण काठमाडौं प्रहरी परिसरमा कार्यरत डीएसपी राजकुमार केसीको मृत्यु भएको छ ।

उनलाई कोभिड संक्रमण देखिएपछि महराजगञ्जस्थित प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । काठमाडौंको मूलपानी स्थायी घर भएका केसीको उपचारको क्रममा बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

केसी प्रहरी संगठनमा इमान्दार र दक्ष अधिकृतको रुपमा परिचित थिए ।