logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देउवा र दाहालले राष्ट्रपति सीसँग एक्लाएक्लै भेटवार्ता गर्ने


अंकुरण खबर
1.131K
Shares

काठमाडौं- दुई दिने राजकीय भ्रमणका लागि शनिबार अपरान्ह नेपाल आईपुगेका चिनियाँ राष्ट्रपति सी चिनपिङले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एक्लाएक्लै भेट्ने भएका छन्।

सभापति देउवाको सचिवालयले जनाएअनुसार सी र देउवाबीच आजै साँझ  भेटवार्ता हुनेछ।

राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले होटल सोल्टीमा रात्रीभोज आयोजना गरेकी छन्। रात्रीभोज सुरू हुनुअघि सोही होटलमा देउवासँग भेटवार्ता हुने कार्यक्रम तय भएको हो।

राष्ट्रपति सी र सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एंव पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’बीच आइतबार बिहान भेटवार्ता हुनेछ। ‘प्रचण्ड’का प्रेस सहयोगी बिष्णु सापकोटा ‘जुगल’ का अनुसार  प्रचण्ड र सीबीच आइतबार बिहान सोल्टी होटलमा कुराकानी हुने गरी समय मिलाइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति सीको उपस्थितिमा आइतबार नेपाल(चीनबीच केही सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुनेछ।