logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा एमालेले सर्वोच्चको आदेशको सम्मान गर्छ : प्रवक्ता ज्ञवाली


अंकुरण खबर
1.56K
Shares

नेकपा एमालेले सर्वोच्च अदालतको आदेशको सम्मान गर्ने प्रतिक्रिया दिएको छ ।

परराष्ट्रमन्त्री एवं नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सांसद नरहेका सात मन्त्रीको पद बदर गर्ने सर्वोच्चका आदेशको एमालेले सम्मान गर्ने बताएका हुन् ।

बालुवाटारमा बिहीबार दिउँसो बसेको स्थायी कमिटीको बैठक पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ज्ञवालीले सर्वोच्चको आदेशमा आफूहरुको फरक मत भएपनि निर्णय मान्ने र कार्यान्वय गर्ने प्रतिक्रिया दिएका हुन् ।

सांसद नरहेका मन्त्रीहरुको पुनः नियुक्ति असंवैधानिक ठहर गर्दै बिहीबार प्रधानन्यायाधीस चोलेन्द्र शमशेर राणाको एकल इजलासले पद बदर गरेको हो ।

निर्णयसँगै गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणि थापा, खेलकुद मन्त्री दावा लामा तामाङ, शहरी विकास मन्त्री प्रभु साह र सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरी पद मुक्त भएका छन् ।