logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपतिले जारी गरिन् एकैदिन २ अध्यादेश


अंकुरण खबर
1.599K
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले आज एकैदिन सरकारको सिफारिसमा दुई अध्यादेश जारी गरेकी छन् ।

सपथ सम्बन्धी अध्यादेश,२०७८ र कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश २०७८ जारी भएको राष्ट्रपयित कार्यालयले जनाएको छ ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सरकारले अध्यादेश जारी गर्न सिफारिस गरेको हो ।

अध्यादेशमा कोभिड संक्रमणका समयमा प्रभावकारी ढंगमा काम अगाडि बढाउने विषय रहेको बताइएको छ ।