logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संविधान संशोधनको गृहकार्य गर्न कार्यदल गठन


अंकुरण खबर
741
Shares

संविधान संशोधनका विषयमा गृहकार्य गर्न सरकार पक्ष र जनता समाजवादी पार्टी (जसपा) का नेताहरु सम्मिलित कार्यदल गठन गरिएको छ ।

कार्यदलमा जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल तथा सरकारको पक्षबाट नेकपा एमालेका अग्नि खरेल, विष्णु रिमाल र कृष्णभक्त पोखरेल रहेका छन् ।

हिजो बसेको मन्त्रिपरिषदको बैठकले जसपाको माग बमोजिम संविधान संशोधन गर्न कार्यदल बनाउने निर्यय गरेको थियो ।