logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महन्तले स्थगित गरेको बैठकबारे उपेन्द्रको फरक विज्ञप्ति


अंकुरण खबर
819
Shares

जनता समाजवादी पार्टी (जसपा) मा पार्टी बैठकलाई लिएर पार्टीभित्र दुई धार देखिएको छ।

जसपाले कार्यकारिणी समितिको बैठक जेठ ८ र ९ गते बैठक बोलाएको थियो।

बैठक बोलाउदा जसपाका अध्यक्षहरु महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त हस्ताक्षर गरेर बैठक बोलाएका थिए।

तर बैठक स्थगित गरिएको भन्दै आज जसपाका अध्यक्ष ठाकुरले विज्ञप्ति निकालेर बैठक स्थगित भएको जानकारी दिए।

अर्का अध्यक्ष उपेन्द्र यादवले बैठक स्थगित नभएको विज्ञप्ति निकालेका छन्। उनले विभिन्न विषयमा विचार विमर्श गरी निश्कर्षमा पुग्न पर्ने भएकाले बैठक बोलाइएको विज्ञप्तिमा उल्लेख गरेका छन्।