logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विराटनगरमा थप १० संक्रमितको मृत्यु


अंकुरण खबर
585
Shares

पछिल्लो २४ घण्टामा विराटनगरमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

उनीहरु सवैको नोवेल शिक्षण अस्पताल विराटनगरमा मृत्यु भएको हो। मृत्यु हुनेमा मोरङका ३, झापाका २, सुनसरीका २ सप्तरीमा १, महोत्तरीका २ जनाको मृत्यु भएको नोवेल अस्पतालका प्रवन्धक नारायणप्रसाद दाहालले बताए।

मोरङको पथरीशनिश्चरे नगरपालिका– ४ का ३५ वर्षीय पुरुष, झापा कनकाई नगरपालिकाका ५२ वर्षीय पुरुष, पुरुष सप्तरीको कन्चनरुप– १२ का ७० वर्षीय पुरुष र बर्दीबास– ५ का ६० वर्षीय पुरुषको शनिबार विहान मृत्यु भएको प्रवन्धक दाहालले बताए।

सुनसरीको इनरुवा– ९ का ७५ वर्षीय पुरुष, मोरङको धनपालथान गाउँपालिका– ६ की ३५ वर्षीया महिला, महोत्तरीको बर्दीबास– १ का  ५१ वर्षीय पुरुष, झापाको भद्रपुरका ४० वर्षीय पुरुष, विराटनगर महानगरपालिका– ५ का ४६ वर्षीय पुरुष र सुनसरीको रामधुनी नगरपालिका– ३ का  ३८ वर्षीय पुरुषको शुक्रबार राती मृत्यु भएको अस्पतालका प्रवन्धक दाहालले बताए।