प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनको घोषणा विरुद्ध विपक्षी गठबन्धनका नेताहरुले आज सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
संविधानको धारा ७६ ९५० अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाका पक्षमा बहुमत सदस्य हुँदाहुँदै पनि प्रधानमन्त्री नियुक्त नगरी राष्ट्रपतिले संसद विघटन गरेको विरुद्धमा गठबन्धनले रिट दायर गरेको हो।
रिटमा गठबन्धनका १ सय ४६ सांसदले हस्ताक्षर गरेका छन्।
कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमाले नेपाल समूहका २३ र जनता समाजवादी पार्टीका १२ र राष्ट्रिय जनमोर्चाका एक सांसदले हस्ताक्षर गरेका हुन्।
नेकपा एमालेको माधव नेपाल पक्षका ३ सांसदले हस्ताक्षर भने गरेनन्। नेपालपक्षीय गोकर्ण विष्ट, गणेश पहाडी र पवित्रा निरौला खरेलले हस्ताक्षर नगरेका हुन्।