logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणबाट सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जनाको मृत्यु


अंकुरण खबर
1.313K
Shares

सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कैलालीका ४ र कञ्चनपुरका २ जनाको उपचारका क्रममा मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

कैलालीको गोदावरी नगरपालिका–५ की ६० वर्षीया महिला, कैलारी गाउँपालिका– ६ की ५० वर्षीया महिला, वडा नम्बर ७ का ३५ वर्षीय पुरुष र वडा नम्बर ८ की ६० वर्षीया महिलाको मृत्यु भएको श्रेष्ठले बताए ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका– का ४४ वर्षीय पुरुष र बेलौरी नगरपालिका–१ का ४४ वर्षकै पुरुषको मृत्यु भएको उनले बताए ।

यस्तै, पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ७ सय ५२ जनाको परीक्षण गर्दा २ सय ७३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।