logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओखलढुङ्गामा कोरोना संक्रमणबाट पहिलो व्यक्तिको मृत्यु


अंकुरण खबर
793
Shares

कोरोना संक्रमणबाट ओखलढुङ्गामा एक महिलाको मृत्यु भएको छ ।

सिद्धिचरण नगरपालिका-११ की ५८ वर्षीया एक महिलाको मृत्यु भएको हो । जिल्लामा कोरोनाबाट ज्यान गुमाउने उनी पहिलो व्यक्ति हुन् ।

यही जेठ ७ गते कोरोना पुष्टि भएपछि ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचाररत महिलाको आज निधन भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले जानकारी दिए ।

जिल्लाबाट बाहिर गएर बसेकाको यसअघि पनि कोरोना संक्रमणबाट मृत्यु भएको भए पनि जिल्लामा रहेका संक्रमणको यसअघि मृत्यु भएको थिएन ।