logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

निर्वाचन निष्पक्ष हुनेमा आशंका भए सरकारमा सहभागी हुनुहोस् : प्रधानमन्त्री


अंकुरण खबर
1.599K
Shares

प्रतिनिधि सभा विघटन गरेर मुलुकलाई मध्यावधिमा होमेका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन निष्पक्ष हुने दाबी गरेका छन्।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सरकारमा सहभागी हुन अन्य दललाई आग्रह गरेका हुन् ।

‘निर्वाचन निष्षक्ष र स्वच्छ हुने कुरामा मैले बारम्बार जोड दिएको छु। परिणामलाई ध्यानमा राखेर होइन, लोकतान्त्रिक प्रणाली र पद्धतिलाई ध्यानमा राखेर निर्वाचन सम्पन्न गरिनेछ। मनमा कुनै आशंका छन् भने फेरि भन्न चाहन्छु, आउनुस्, निर्वाचनका लागि सबै दलहरु सरकारमा सहभागी बन्नुहोस्’, उनले भने।

ताजा जनादेशमा जानु प्रतिगमन नभएको उनको भनाइ छ। ‘जनतालाई दलहरुले मूल्यांकनको मौका दिनु र आवधिक निर्वाचनमार्फत जनताले विश्वास गरेको दललाई सरकार चलाउन जनादेश प्राप्त हुनु लोकतन्त्रको विशेषता हो। निर्वाचनमा जानुलाई प्रतिगमन भन्नु सारमा जनताको सार्वभौमसत्तालाई अस्वीकार गर्नु हो’, उनले भने।

नीतिहीन गठबन्धनको भर्याङ चढेर सरकारमा जान खोज्नु अराजनीतिक र झेली काम भएको उनले बताए।