logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चुनाव प्रभावित पार्ने कामचलाउ सरकारको नियत : विमलेन्द्र निधि


अंकुरण खबर
1.209K
Shares

कांग्रेसका उपसभापति विमलेन्द्र निधिले अहिलेको बजेटबाट चुनावलाई प्रभावित गर्ने काम चलाउ सरकारको नियत देखिएको आरोप लगाएका छन् ।

उनले अहिलेका धेरै योजना कार्यान्वयन हुन सक्ने नदेखिएकाले चुनाव प्रभावित गर्ने नियत प्रस्ट देखिएको आरोप लगाएका हुन् ।

‘काम चलाउ सरकारले पूर्ण बजेट ल्याउन पाइँदैन,’ उनले भने, ‘अहिलेको प्राथमिकता महामारी नियन्त्रण, खोप, परीक्षण र उपचार हो ।’ उनले कामचलाउ सरकारले सत्ताको दुरुपयोग गरेको समेत आरोप लगाएका छन् ।