logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

हेटौंडामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु


अंकुरण खबर
871
Shares

कोरोना संक्रमणका कारण हेटौंडामा थप एक जनाको मृत्यु भएको छ ।

मकवानपुरको हेटौंडा अस्पतालमा उपचाररत संक्रमित महिलाको बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा हेटौंडा–२ चौकिटोलकी ५२ वर्षीया महिला रहेको अस्पतालको कोभिड फोकल पर्सन सागर काफ्लेले जानकारी दिए ।

योसँगै हेटौंडा अस्पतालमा कोरोनाबाट ६५ जनाले ज्यान गुमाएका छन् ।