logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पर्सामा पाँच कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
806
Shares

बितेका २४ घण्टाभित्र वीरगञ्जको नारायणी अस्पतालमा भर्ना रहेका पाँच कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ।

श्वासप्रश्वासमा समस्या तथा कडा निमोनियाबाट ग्रसित रहेका चार पुरुष र एक महिला संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो।

मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिकाका दुई र रौतहटका तीन कोरोना संक्रमित रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा। सरोजरोशन दासले जानकारी दिए। रासस