काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १३ सय ८४ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८ सय ९७ जना, भक्तपुरमा १ सय ८८ जना र ललितपुरमा २ सय ९९ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या १३ हजार ९ सय ६७ पुगेको छ । भक्तपुर र ललितपुरमा क्रमशः चार हजार ४८ र ५ हजार ६ सय ९ सक्रिय संक्रमित रहेका छन् ।