प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको असमझदारी हटेको बताएका छन ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) लाई सरकारमा भित्र्याएकै दिन प्रधानमन्त्री ओलीले भारतसँगको असमझदारी हटेको बताएका हुन ।
बीबीसी हिन्दीसँगको अन्तरवार्तामा प्रधामन्त्री ओलीले छिमेकी देश भारतसँग विगतमा केही असमझदारी देखिए पनि अहिले हटेको बताए । कहिलेकाही असमझदारी देखिनु स्वभाविक भए पनि त्यसैमा अल्झिएर बस्न नहुने ओलीको भनाइ छ ।
भारतसँग नजिक सम्बन्ध राख्ने शक्ति जसपा सरकारमा सहभागी भएको दिन दिएको अन्तरवार्तामा भारतसँगका असमझदारी हटेको भनेर प्रधामन्त्रीले बोल्नु अर्थपूर्ण रहेको विश्लेषण गरिएको छ ।