नेपाली कांग्रेसका नेता गगन थापाले निषेध आदेशका बेला सरकारले फाइदा उठाउने प्रपञ्च गरेपछि सचेत नागरिक सडकमा आउनुको विकल्प नहुने बताएका छन्।
नारायण वाग्ले, खगेन्द्र संग्रौलालगायत १८ जना बृहत् नागरिक आन्दोलनका अभियन्ताहरू बालुवाटारबाट आज पक्राउ परेपछि नेता थापाले कोरोना महामारीले निम्त्याएको परिस्थितिमा सरकारले फाइदा उठाउन खोजे नागरिकले प्रतिरोध गर्ने संकेत गरेका हुन्।
सरकारले निजी मेडिकल कलेजलाई सम्बन्धन दिन लागेको विरोधमा अभियन्ताहरू विरोधमा उत्रिएका छन्।
‘निषेधाज्ञा उल्लंघन गरेर सडकमा आउनु गलत हो। तर जब सरकारले नै आफ्नो क्षुद्र स्वार्थको लागि, जनस्वास्थ्यमा पर्ने दीर्घकालीन असरलाई पूर्ण वेवास्ता गर्दै ,कोरोनाले निम्त्याएको परिस्थिति र निषेधाज्ञा बाट फाइदा उठाउने प्रपन्च गर्छ, देशको सचेत नागरिक सडकमा आउनुको विकल्प हुँदैन,’ थापाले ट्वीट गर्दै भनेका छन्।
निषेधाज्ञा उलंघन गरेको भन्दै वाग्लेसहित प्रदर्शनमा उत्रेका १८ नागरिकलाई बालुवाटारबाट पक्रेर प्रहरीले कमलपोखरीस्थित प्रहरी वृत्तमा राखेको छ।