logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निर्वाचन आयोग सरकारको कठपुतली भयो : प्रवक्ता श्रेष्ठ


अंकुरण खबर
1.365K
Shares

नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोग सरकारको कठपुतली भएको आरोप लगाएका छन् ।

मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा उनले निर्वाचन आयोग सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेको बताएका हुन् ।

उनले संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य भएको टिप्पणी गरेका छन् । उनले अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण निर्वाचन आयोग भएको जिकिर गरेका छन् ।

उनले लेखेका छन्, ‘जसपा बारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको छ । नेकपाको बारेमा पनि यस्तै गरिएको थियो । अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण त्यो पनि पनि हो ।’

उनले राजनीतिक पार्टीहरुले पनि आफ्नो प्रत्यक्ष स्वार्थ वा हितसँग नजोडिदासम्म नबोल्ने वा तमासे बन्ने स्थिति अन्त्य गर्नुपर्ने बताएका छन् । लोकतन्त्र पक्षधर सबै मिलेर संवैधानिक अंगको गलत कार्यलाई समयमै रोक्नुपर्ने उनको धारणा छ।

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)मा दुवै पक्षले गरेका कारबाहीलाई कानुनसम्मत नदेखिएको’ भन्दै अमान्य घोषित गरिदिएको छ। आयोगले दुई अध्यक्षसहित पुरानै पदाधिकारी कायम रहने आइतबार फैसला दिएको थियो।