काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या घट्ने क्रम जारी छ ।
पछिल्लो २४ घण्टामा उपत्यकामा थप ५४५ जनामा कोरोना पुष्टि भएको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार चौबीस घण्टामा काठमाडौंमा ४५५ जना, ललितपुरमा ७४ जना र भक्तपुरमा १६ जना गरी उपत्यकामा ५४५ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै काठमाडौंमा हालसम्म १ लाख ९९ हजार ७२९, ललितपुरमा ३६ हजार २७२ र भक्तपुरमा २१ ह्जार ५५४ मा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, हालसम्म काठमाडौंमा १ हजार ७८७ जना, ललितपुरमा ५१६ जना र भक्तपुरमा ३५१ जनाको मृत्यु भइसकेको छ ।
यस्तै, काठमाडौंमा हाल ७ हजार ७८३ जना, ललितपुरमा ३ हजार २०३ जना र भक्तपुरमा २ हजार ३१७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।