जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षको कार्यकारिणी समिति बैठक जारी छ ।
जसपाको केन्द्रीय कार्यालय बालकुमारीमा सुरु भएको बैठक अहिले पनि जारी रहेको एक कार्यकारिणी सदस्यले जानकारी दिएका छन् ।
निर्वाचन आयोगको पछिल्लो निर्णय, पार्टीको आगामी रणनीतिबारे छलफल गर्न बैठक बसेको उनले बताएका छन् ।
अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले आफ्नो पक्षमा बहुमत हुने गरी कार्यकारिणी सदस्य थपेको भन्दै सूची निर्वाचन आयोगमा बुझाएको छ ।