logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जसपा यादव पक्षका सांसदलाई महन्थ ठाकुर पक्षले सोध्यो स्पष्टीकरण


अंकुरण खबर
2.288K
Shares

लुम्बिनी प्रदेश सभामा जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षका सांसदलाई संसदीय दलको ह्वीपविपरीत गएको भन्दै स्पष्टीकरण सोधिएको छ ।

महन्थ ठाकुर पक्षले प्रदेश सरकारको नीति कार्यक्रममा पार्टीका संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयको ह्वीपविपरीत विपक्षमा लागेको भन्दै पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

विभाजनको संघारमा रहेको जसपामा स्पष्टीकरणको दोहोरी चलेको छ । प्रदेश सभामा यादव पक्षमा दुई सांसद सहस्रराम यादव र पुर्मती ढेंगा छन् ।

प्रदेश सभामा महन्त ठाकुर पक्षका ४ सांसद लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका छन् । पाण्डेयले पार्टीको नीतिविपरीत गएका दुई जना सांसदलाई पार्टीले स्पष्टीकरण सोधेको जानकारी दिए ।

पाण्डेय, कल्पना पाण्डे, विजयबहादुर यादव र सुमन शर्मा रायमाझी प्रदेश सरकारमा सहभागी छन् ।

यता प्रदेश सरकारको नीति तथा कार्यक्रमको विपक्षमा उभिन यादव पक्षकी प्रमुख सचेतक पुर्मती ढेंगाले ह्वीप जारी गरेकी थिइन् ।