logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपचुनाव अघि मन्त्री फेर्न हुँदैन : नेता नेपाल


अंकुरण खबर
2.288K
Shares

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता माधव कुमार नेपालले तत्कालै मन्त्रिमण्डल हेरफेर गर्न नहुने बताएका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले बुधबार काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा नेता नेपालले उपनिर्वाचन अघि मन्त्रिपरिषद् पुनर्गठन गर्न नहुने बताएका हुन् ।

मन्त्रीहरुको कामबाट प्रधानमन्त्री केपी शर्मा ओली सन्तुष्ट नभएको र मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेको समाचारहरु बाहिरिरहेको बेला नेता नेपालले मन्त्रिपरिषद्मा तत्कालै हेरफेर ग¥यो भने उपचुनावमा प्रभाव पर्ने बताए ।
मंसिर १४ गते देशका विभिन्न रिक्त स्थानमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको चुनाव हुँदैछ ।