logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बागलुङमा एउटै विवाह भोजमा सहभागी ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि


अंकुरण खबर
884
Shares

बागलुङमा एउटै विवाह भोजमा सहभागी ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सदरमुकाममै केही दिनअघि भएको विवाह भोजमा सहभागी ५० जनाको परीक्षण गर्दा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

गाउँभरि नै ज्वरो, रुघा, खोकी र शरीर दुख्ने समस्या देखिएपछि परीक्षण गरिएको थियो । यसअघि जिल्लाको बडिगाड गाउँपालिका–४ मा विवाह भोज खाएका अधिकांशमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोही विवाहमा सहभागी एकै परिवारका चार जनाको सङ्क्रमणका कारण मृत्यु भएको थियो।

जिल्लामा निषेधाज्ञा जारी रहेकै बेला भएको विवाह भोजमा सहभागीमा संक्रमण पुष्टि भएको हो । बागलुङमा हालसम्म ३४० जना सक्रिय सङ्क्रमित छन्।