logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टी-१० लिग कर्नाटकामा सन्दीप आबद्ध, ४० हजार डलर पारिश्रमिक


अंकुरण खबर
832
Shares

नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेगस्पिनर सन्दीप लामिछानेले यस सिजनको टी–१० लिग कर्नाटका टर्स्कर्सबाट खेल्ने भएका छन्।

बुधबार राति अबुधावीमा भएको ड्राफ्टमा सन्दीपलाई कर्नाटकाले पहिलो चरणमै आफ्नो टिममा आबद्ध गरेको हो। सन्दीपले गत सिजनको टी–१० लिग केरला किङ्सबाट खेलेका थिए।

गत वर्ष भन्दा सन्दीपको पारिश्रमिक १० हजार डलर बढेको छ। गत सिजन केरलामा ३० हजार अमेरिकी डलरमा आबद्ध भएका उनी यस सिजन कर्नाटकामा ४० हजार डलरमा आबद्ध भएको सन्दीपका सहयोगीले जानकारी दिए।

सन्दीपको टिम कर्नाटकामा दक्षिण अफ्रिकाका ब्याट्सम्यान हसिम अमला आइकोनीक खेलाडीको रुपमा आबद्ध छन्।

प्रतियोगिता अबुधावीको शेख जायद क्रिकेट रंगशालामा आगामी नोभेम्बर १५ देखि २४ सम्म हुनेछ। १० ओभरको हुने खेल ९० मिनेट भित्रमा सकिनेछ।