logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शुक्रबार उपत्यकामा थपिए ४२८ जना कोरोना संक्रमित


अंकुरण खबर
1.391K
Shares

शुक्रबार काठमाडौं उपत्यकामा ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३१६ जना, ललितपुरमा ७८ जना र भक्तपुरमा ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा कुल ८ हजार १ सय ४८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। हाल काठमाडौं जिल्लामा ५ हजार ४० जना, ललितपुरमा १ हजार ८२५ जना र भक्तपुरमा १ हजार २८३ सक्रिय संक्रमित छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ४५१ संक्रमणमुक्त भएका छन् भने ३४ जनाको मृत्यु भएको छ ।